Luke 23:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई देख्‍न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्‍छा थियो। उनी येशूले केही अचम्‍मको काम गर्नुभएको हेर्न पाउँछु भन्‍ने आशा लिएर बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब येशूलाई देखेर हेरोद अत्‍यन्‍त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्‍छा गरेका थिए, र उहाँले केही आश्‍चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे।
Nepali Tamang 2011
येशूदा म्राङ्माहेन्‍से हेरोद ल्‍हानान ताङ्जी। तिग्‍दा भिसम थेसे येशूला बारेरी थेःबासे लमा ल्‍हानान धिनहेन्‍से येशूदा च्‍याबा सेम लमुबा। ओच्‍छे थेसे येशूसे लबा तिगै उदेकला गे च्‍याम्‍याङ्ला भिसी आश लबा मुबा।