Luke 24:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्त्रीहरूचाहिँ मरियम मग्दलिनी, याकूबकी आमा मरियम, योअन्ना र अरू केही स्त्रीहरू थिए। यिनीहरूले नै यो कुरा एघार प्रेरितहरूलाई सुनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेरितहरूलाई यी कुराहरू भन्नेहरूमा मरियम मग्दलिनी, योअन्ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।
Nepali Tamang 2011
थे म्रिङम्हेमेगदे चा मरियम मग्दलिनी, याकूबला आमा मरियमदेन योअन्ना मुबा। ओच्छे थेनीगदेदेन छ्याम स्य्हान्दो म्रिङम्हेमेगदेएनोन मुबा। थेनीगदेसेन मुल चेलागदेदा ह्राङसे म्राङ्बा जम्मान ताम पाङ्मुबा।