Luke 24:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुसचाहिँ जुरुक्कै उठेर दगुर्दै चिहानतिर गए। त्यहाँ पुगेर भित्र निहुरिएर हेर्दा त उनले कात्रोबाहेक अरू केही देखेनन्। यो देखेर उनी अचम्म मान्दै घरतिर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्ने कुरामा उनी अचम्म मान्दै फर्के।
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुस जुरूक्कै उठ्यो अनि चिहान तिर दगुरयो। त्यो निहुरियो अनि हेरयो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।
Nepali Tamang 2011
तर पत्रुस चा डोङ रेःसी धुर्सापट्टि यार्बान निजी। थेरी धोसी धुर्साला म्रापग्याम योइ तसी च्यामा येशूदा बेरब लबा क्वान जे म्राङ्जी। चुह्रङ् तबा म्राङ्सी थे उदेक म्हन्बान दिमपट्टि निजी।