Luke 24:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्क अड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्क अडिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, ‘तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “एनीगदेसे तिग ताम लसी भ्रबा?” भिसी ङ्योइमा, थेनीगदेला ली धोपधोप लसी थेन तजी।