Luke 24:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्‍यो शक्तिले नभरिएसम्‍म यही सहरमा नै पर्खेर बसिरहो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”
Nepali ERV (पवित्र बाइबल)
सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरूञ्जेल यहाँ यरूशलेममा नै र्पखिरहो।”
Nepali Tamang 2011
च्‍यागो, ङाला आबासे पिन्‍ना भिसी कबुल लबा शक्ति ङाइ एनीगदे मुबा ग्‍लारी पुइखला। थेतबासेलमा तोरग्‍याम शक्ति आयाङ्‌तेधोना एनीगदे चु शहररीन चिउ।”