Luke 24:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्रीहरू डराएर घोप्टो परे। तब ती दुई जना मानिसले भने, “जिउँदो हुनुभएकोलाई मरेकाहरूको चिहानमा किन खोज्दै छौ? येशू यहाँ हुनुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ?
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?
Nepali Tamang 2011
थे म्हि न्हीदा म्राङ्सी म्रिङम्हेमेगदे लोङ्सी सरी ख्लुप तजी। जमाहेन्से थे म्हि न्हीसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “एनीगदेसे सोबा म्हिदा तिग्दा सिबागदे थान्बा धुर्सारी म्हाइबा?