Luke 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोमी महाराजा तिबेरिअसले राज्‍य गरेको पन्‍ध्र वर्ष भएको थियो। त्‍यस बेला पन्‍तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्‍य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्‍य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्‍ने व्‍यक्तिले राज्‍य गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए,
Nepali ERV (पवित्र बाइबल)
सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
Nepali Tamang 2011
रोमी ग्‍याल्‍बो कैसर तिबेरियाससे शासन लबा च्‍युक ङा दिङ तमा पन्‍तियस पिलातस भिबा म्‍हि यहूदिया अञ्‍चलला हाकिम मुबा। जमा धुइरी हेरोद गालील अञ्‍चलला ग्‍ले मुबा, ओच्‍छे थेला आले फिलिप इतुरियादेन त्राखोनितिस भिबा ग्‍लाला ग्‍ले मुबा, थेह्रङ् लसीन लुसानियास अबिलेने अञ्‍चलला ग्‍ले मुबा।