Luke 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले पनि सोधे, “हामीहरूले के गर्नुपर्ने हो?” यूहन्नाले तिनीहरूलाई भने, “करकापमा पारेर वा झूटो दोष लगाएर कसैसँग पैसा नलेओ। बरु आफ्नै तलबमा सन्तुष्ट रहो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्ना तनखामा सन्तुष्ट रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्ट रहो।”
Nepali ERV (पवित्र बाइबल)
कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
Nepali Tamang 2011
ओच्छे सिपाहीगदेएनोन खसी, “ङन्से चा तिग लउ?” भिसी ङ्योइजी। यूहन्नासे थेनीगदेदा “खालैदा अत्याचार लसी आहिन्बा तामदा हिन्ना भिसी टाङगा थाकिन्गो, ह्राङला खतोःबा जे टाङगा किन्सी सन्तोक लसी चिउ” भिसी भिजी।