Luke 3:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा यूहन्नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। हेर, उहाँले अन्न निफन्न हातमा नाङ्लो लिइसक्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
Nepali Tamang 2011
तर यूहन्नासे थेनीगदेदा “ङाइ एनीगदेदा क्युइसे बप्तिस्मा पिन्ना। तर ङा भन्दा शक्तिशाली फेप्खबान मुला ङा थेला लखमला तुना ब्लबाधोनाला आरे। थेसे एनीगदेदा परमेश्वरला आत्मादेन मेसे बप्तिस्मा पिन्ना।