Luke 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले साँच्‍चै आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर। तर ‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले अब्राहामका सन्‍तानलाई यी ढुङ्गाहरूबाट पनि जन्‍माउन सक्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्‍नपछि नलाग, किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
Nepali Tamang 2011
चुदे एनीगदे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबान हिन्‍सम परमेश्‍वरदा सेम निबा गे लउ, ओच्‍छे एनीगदे ह्राङ ह्राङ न्‍हङरी ङनी अब्राहामला कोलागदे भिसी पाङ्‌बारी थाम्‍हाइगो। तिग्‍दा भिसम परमेश्‍वरसे अब्राहामला लागिरी चु युङबागदेग्‍यामसेनोन कोलागदे स्‍होबारी खम्‍ला।