Luke 4:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को एउटा कुरा पनि म तिमीहरूलाई भन्‍छु, एलियाको पालामा साढे तीन वर्षसम्‍म पानी नपरेर ठूलो अनिकाल परेको थियो। त्‍यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर वास्‍तवमा म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्‍यस बेला जब साढ़े तीन वर्ष वृष्‍टि रोकियो, यहाँसम्‍म कि सारा देशमा ठूलो अनिकाल परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्‍यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
म जे भन्दैछु त्यो साँचो हो। एलियाको समयमा साढे तीन र्वषसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए।
Nepali Tamang 2011
तर ङ्‌यान्‍गो, चु सत्‍य हिन्‍ना। तिग्‍दा भिसम एलियाला धुइरी इस्राएलरी ह्रेम्‍बो सिबा म्रिङम्‍हेमेगदे ल्‍हानान मुबा। थे धुइरी सोम दिङसे ला ढुधोना नाम आखबासे लमा य्‍हुल्‍सा नाङनोन अनिकाल तबा मुबा।