Luke 4:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तै एलीशा अगमवक्ता हुँदा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए। तर तिनीहरूमध्ये सिरिया देशको नामान भन्ने मानिसबाहेक अरू कोही पनि निको भएनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान मात्र निको पारिए।”
Nepali ERV (पवित्र बाइबल)
अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
Nepali Tamang 2011
थेह्रङ् लसीन एलीशा अगमवक्ताला धुइरीएनोन इस्राएलरी कोरे खबा म्हिगदे ल्हानान मुबा। तर थेनीगदे न्हङरी सिरिया य्हुल्साला नामान भिबा कोरेला जे कोरे म्हाजी। तर स्य्हान्दो म्हिगदे खालैलान आम्हानी।”