Luke 4:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जर्‍याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्‍स्‍याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्‍यो र तिनीहरूले उहाँलाई भीरको टुप्‍पाबाट फाल्‍न खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू उठे अनि येशूलाई शहर छाडनु वाध्य गराए। तिनीहरूको शहर एउटा टाकूरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुरयाए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।
Nepali Tamang 2011
जमाहेन्‍से थेरी मुबा म्‍हिगदेसे येशूदा शहरग्‍याम मङग्‍यार तेःजी। थे शहर गङरी मुबा, थेतबासेलमा थेनीगदेसे येशूदा गङला जोरी भोर्सी ह्रिल्‍ना लबारी छ्‌याइजी।