Luke 4:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यस मानिसलाई सबैको सामु पछारेर भूत निस्कियो, तर उसलाई कुनै चोट पटक लागेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भूतआत्मालाई हकारेर भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूँइमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
Nepali Tamang 2011
चुह्रङ् भिबा थेःसी येशूसे थे म्हङदा बङ्बान, “कुटिसी चिउ! थे म्हिग्याम थोन्सी निउ!” सुङ्मैछ्याम थे म्हिदा जम्मान म्हिला ओन्छाङरी लछार पछार लसी थोन्सी निजी, तर थे म्हिदा तिगै आतनी।