Luke 4:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जना छक्‍क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्‍तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्‍लेर भाग्‍दा रहेछन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”
Nepali Tamang 2011
चु म्राङ्सी जम्‍मान म्‍हिगदे उदेक म्‍हन्‍सी, “चु म्‍हिला बोली बचनरी खाह्रङ्बा अधिकार चीम, थेला अधिकारदेन शक्तिसे कुल्‍मैछ्‌याम म्‍हङगदे थोन्‍सी यार्बा चीम!” भिसी भिजी।