Luke 4:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै जनाबाट भूत पनि चिच्‍च्‍याएर यसो भन्‍दै निस्‍किए, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तर येशूले ती भूतहरूलाई पटक्‍कै बोल्‍न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनीहरूले चिन्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै मानिसहरूबाट भूतहरू पनि चिच्‍च्‍याउँदै र यसो भन्‍दै निस्‍के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्‍न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी चिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से ल्‍हानान म्‍हिगदेला ल्‍हुइग्‍याम म्‍हङगदे चुह्रङ् भिबान क्रिङ्सी थोन्‍जी, “ह्राङ परमेश्‍वरला झा हिन्‍ना।” तर येशूसे थे म्‍हङगदेदा बङ्‍बान दोःसी तिगै ताम पाङ्आपुङ्नी। तिग्‍दा भिसम येशू थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिसी थे म्‍हङगदेसे ङोसेबा मुबा।