Luke 5:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन येशू गनेसरेत भन्ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्वरको शिक्षा सुन्न घुइँचो लागेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्वरको वचन सुन्न ठेलमठेल गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू गेनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।
Nepali Tamang 2011
परमेश्वरला बचन ङ्यान्बाला लागिरी ल्हानान म्हिगदे येशूला क्युर्सीन तोर हुइ मार हुइ लबान मुबा। थेतबासेलमा येशू गनेसरेत भिबा घ्योइला कुनीरी राप्सी धन्छ्याबा मुबा।