Luke 5:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्‍ट येशू कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा कुष्ठरोग लागेको एउटा मानिस थियो। येशूलाई देखेर त्‍यस कुष्‍ठरोगीले उहाँको पाउमा परेर यसरी बिन्‍ती गर्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो, तब कुष्‍ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्‍टो परी बिन्‍ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”
Nepali Tamang 2011
तिरेकुनु येशू शहर गिकरी मुबा। ओच्‍छे थेनोन शहररी मुबा कोरे खबा म्‍हि गिकसे येशूदा म्राङ्जी। जमाहेन्‍से थे येशूला ङामरी खसी फ्‍या लबान, “प्रभु, ह्राङला सेम मुसम ह्राङसे ङादा खम्‍ना लखम्‍ला” भिसी भिमा,