Luke 5:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले उसलाई आज्ञा दिएर भन्‍नुभयो, “हेर, यो कुरा कसैलाई नभन्‍नू! तर पूजाहारीकहाँ गएर आफ्‍नो जाँच गराऊ। मोशाले अह्राएजस्‍तै बलि चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढ़ाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफै गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफु निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा “च्‍यागो, एसे चु ताम खालैदा थापाङ्‍गो! बरु ए निसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिदा उन्‍गो। ओच्‍छे एला कोरे म्‍हाजी भिसी म्‍हिगदेसे था याङ्बाला लागिरी परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमसे कुल्‍बा अन्‍छार बलि फुल्‍गो” भिसी कुल्‍जी।