Luke 5:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्‍वरको शक्ति थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो।
Nepali ERV (पवित्र बाइबल)
एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो।
Nepali Tamang 2011
तिरेकुनु येशूसे म्‍हिगदेदा लोप्‍बान लबा धुइरी गालील अञ्‍चलदेन यहूदिया अञ्‍चलला नाम्‍सा नाम्‍साग्‍यामसे ओच्‍छे यरूशलेमग्‍याम खबा फरिसीगदेदेन यहूदी धर्मगुरुगदेएनोन थेरी मुबा। येशूदेन छ्‌याम आखम्‍बा म्‍हिगदेदा खम्‍ना लबा परमप्रभुला शक्ति मुबा।