Luke 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्तारै येशूको अगाडि ओराले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।
Nepali ERV (पवित्र बाइबल)
तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्सकारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।
Nepali Tamang 2011
तर म्हिला हुलसे लमा थेनीगदेसे थे कुज्या म्हिदा येशूला ङाच्छापट्टि भोर्बाला लागिरी ग्याम आयाङ्नी। थेतबासेलमा थेनीगदेसे थे कुज्या म्हिदा मङग्यारग्यामसे छानारी भोर्जी। ओच्छे छाना होक्सी थेदा तीबा नान्बादेन छ्यामनोन येशूला ङाच्छापट्टि धोना लजी।