Luke 5:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभएको यो कुरा सुनेर धर्म-गुरु र फरिसीहरूले एक-अर्कासँग भन्‍न लागे, “परमेश्‍वरको निन्‍दा गर्ने यो को हो? परमेश्‍वरले पो पाप क्षमा गर्न सक्‍नुहुन्‍छ। मानिसले पनि पाप क्षमा गर्न सक्‍छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शास्‍त्रीहरू र फरिसीहरूले प्रश्‍न गर्न लागे, “ईश्‍वर-निन्‍दा गर्ने यो को हो? पाप त परमेश्‍वरले मात्र क्षमा गर्न सक्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्बा म्राङ्सी यहूदी धर्मगुरुगदेदेन फरिसीगदेसे “ह्राङसे ह्राङदान परमेश्‍वर स्‍होसी ताम लबा चु म्‍हि खाल हिन्‍ना? म्‍हिगदेला पापला दोष मी परमेश्‍वरसे जे मेटब लखम्‍मुला” भिसी ह्राङ ह्राङ न्‍हङरी पाङ्‌बारी छ्‌याइजी।