Luke 5:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि लेवीले येशूलाई आफ्नो घरमा भोज खान बोलाए। त्यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसंगै मेजमा खाँदथे,
Nepali Tamang 2011
ओच्छे लेवीसे येशूदा ह्राङला दिमरी भोज सोल्बारी ङ्योइजी। थेरी येशूदेन छ्याम भोज चबारी चिबा म्हिगदे न्हङरी तिरो दुइबा म्हिगदेदेन ल्हानान स्य्हान्दो म्हिगदेएनोन मुबा।