Luke 5:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसी र फरिसीका धर्म-गुरुहरूले गनगनाउँदै येशूका चेलाहरूलाई भने, “तिमीहरू किन कर उठाउने र अरू पापीहरूसँगै बसेर खान्छौ हँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?”
Nepali ERV (पवित्र बाइबल)
तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”
Nepali Tamang 2011
जमाहेन्से फरिसीगदेदेन थेनीगदेला धर्मगुरुगदेसे येशूला चेलागदेदा बिरोध लबान, “तिग्दा एनीगदे तिरो दुइबा म्हिगदे ओच्छे स्य्हान्दो पापीगदेदेन छ्याम चिसी चबा थुङ्बा लबा?” भिसी ङ्योइमा,