Luke 5:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति मानिसहरूले येशूलाई भने, “यूहन्नाका चेलाहरू सधैँजसो उपवास बस्छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सँधैं खान्छन् र पिउँछन्।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे येशूदा “यूहन्नाला चेलागदे सदन फोइथान चिसी प्रार्थना लमुला। ओच्छे फरिसीगदेला चेलागदेसेनोन थेह्रङ्नोन लमुला। तर ह्राङला चेलागदेसे चा तिग्दा फोइथान चिसी प्रार्थना आलबा?” भिसी ङ्योइमा,