Luke 5:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। यदि टालिहाल्यो भने नयाँ लुगा पनि बिग्रन्छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।
Nepali Tamang 2011
ओच्छे येशूसे थेनीगदेदा उखान गिकएनोन सुङ्बान, “खालै म्हिसे बोक्टो क्वानरी छार क्वानगेन्से आख्या। थेह्रङ् लसी ख्याजी भिसम छार क्वानएनोन न्होङ्ला ओच्छे छार क्वानगेन बोक्टो क्वानदेन छ्याम ढिकएनोन आढिक।