Luke 6:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूसँगै डाँडाबाट ओर्लनुहुँदा उहाँहरू एउटा चउरमा आइपुग्‍नुभयो। त्‍यहाँ धेरै चेला र अरू मानिसहरूको समेत ठूलो घुइँचो लागेको थियो। यहूदिया क्षेत्रका सबैतिरबाट, यरूशलेम सहरबाट अनि समुद्रको किनारमा परेका टुरोस र सीदोन सहरबाट अनगिन्‍ती मानिसहरू आएर त्‍यहाँ जम्‍मा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्‍गामा खड़ा हुनुभयो। उहाँका शिष्‍यहरूको एउटा ठूलो भीड, र समस्‍त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठुलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए।
Nepali Tamang 2011
येशू ह्राङसे धम्‍बा चेलागदेदेन छ्‌याम गङग्‍याम मार फाप्‍सी सम्‍म ग्‍लारी फेप्‍खसी राप्‍सी धन्‍छ्‌याजी। जमाहेन्‍से येशूदेन छ्‌याम भ्रबा म्‍हिला हुल ओच्‍छे यहूदिया अञ्‍चलला जम्‍मान ग्‍लादेन यरूशलेम, ओच्‍छे टुरोसदेन सीदोन भिबा ग्‍लाग्‍याम म्‍हिला हुल