Luke 6:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला खुसीले नाच्‍दै रमाओ किनभने हेर, तिमीहरूका लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि तिमीहरूलाई सताउनेका पिता-पुर्खाहरूले ठीक त्‍यस्‍तै गरी सताएका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्‍यसै गरेथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
Nepali Tamang 2011
“थे धुइरी एनीगदे फुरफुर ताङ्‍गो। तिग्‍दा भिसम स्‍वर्गरी एनीगदेसे घ्रेन इनाम याङ्ला। एनीगदेदा दुख पिन्‍बागदेला आखे म्‍हेमेगदेसेनोन अगमवक्तागदेदा चुह्रङ्‌नोन लमुबा।