Luke 6:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धिक्‍कार, अहिले अघाउनेहरू हो! किनभने तिमीहरू भोकै रहनेछौ। धिक्‍कार, अहिले हाँस-खेल गर्नेहरू हो, किनभने तिमीहरूले दु:ख पाउनेछौ र रोइ-कराइ गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार, तिमी अहिले तृप्‍त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्‍कार, तिमी अहिले हाँस्‍नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू भोकमा पर्नेछौ। अहिले हाँस्‍नेहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
Nepali Tamang 2011
म्रेन्‍बागदे, एनीगदे फोइथाननोन चितोःला। तिग्‍दा भिसम एनीगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला। ओच्‍छे ताङ्बागदे दुख नासी क्रासी चितोःला। तिग्‍दा भिसम एनीगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला।