Luke 6:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धिक्‍कार, अहिले मानिसको प्रशंसा पाउनेहरू हो किनभने यस्‍तो प्रशंसा त ती मानिसहरूका पिता-पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई पनि दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई धिक्‍कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
“धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैं प्रशंसा गरे।
Nepali Tamang 2011
म्‍हिगदेग्‍याम मान याङ्बागदे, एनीगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला। तिग्‍दा भिसम एनीगदेला आखे म्‍हेमेगदेसेनोन फट्टा अगमवक्तागदेदा चुह्रङ्‌नोन लमुबा।