Luke 6:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ। अनि तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
Nepali Tamang 2011
तर ह्राङला शत्रुगदेदा माया लउ, जम्मादान ज्यबा लउ, दोःसी किन्बा सेम लसी छे थापिन्गो ओच्छे एनीगदेला मान घ्रेन तला। एनीगदे स्वर्गरी धन्छ्याबा जम्मान भन्दा घ्रेन परमेश्वरला सन्तान तला। तिग्दा भिसम परमेश्वरसे बैगुनीदेन ह्राङला जे ग्याम च्याबा म्हिगदेदाएनोन दया लमुला।