Luke 6:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले त परमेश्‍वरको मन्‍दिरभित्र पसेर परमेश्‍वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्‍यो रोटी खानुहुँदैनथ्‍यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसरी परमेश्‍वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी परमेश्‍वरको भवनभित्र पसेर परमेश्‍वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद परमेश्वरका घर गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसंग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।”
Nepali Tamang 2011
थेसे परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिगदे बाहेक स्‍य्‍हान्‍दोसे चबारी आतबा गेङ परमेश्‍वरला दिमरी वाङ्सी तेःसी चजी। ओच्‍छे थेसे ह्राङदेन छ्‌याम मुबागदेदाएनोन पिन्‍मा खालैसेन तिगै भिजी?”