Luke 6:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खै-खै, तिम्रो आँखाको सिन्‍का निकालिदिऊँ।’ ए कपटीहरू हो! पहिले आफ्‍नो आँखाको मुढो निकाल अनि पो अर्काको आँखाको सिन्‍का निकाल्‍न छर्लङ्गै देख्‍न सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाई मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसंग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।
Nepali Tamang 2011
ह्राङला गोरी भ्रबा मुइ आम्राङ्बासे खाह्रङ् लसी आलेदा ‘खाइ, एला गोला सेः तेःसी पिन्‍ना भिसी भिखम्‍ला।’ कप्‍टी, ङाच्‍छा ह्राङला गोला मुइ तेःगो, ओच्‍छे जे एसे आलेला गोरी भ्रबा सेः तेःबारी खम्‍ला।