Luke 6:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि रूख त्यसको फलबाट चिनिन्छ। काँडाका झ्याङबाट नेभारा टिपिंदैन नता अङ्गुर नै बटुलिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्।
Nepali ERV (पवित्र बाइबल)
हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्।
Nepali Tamang 2011
जम्मान दोङ थेरी रोबा रो अन्छार ङोसेला। पुजुला दोङग्याम अञ्जीर आथु ओच्छे पोलाङला दोङग्यामएनोन अङगुर आथु।