Luke 6:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले आफ्नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ किनभने जे मनमा छ, त्यही कुरा मानिसले बोल्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
Nepali ERV (पवित्र बाइबल)
एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कूराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम ज्यबा सेम मुबा म्हिला सेम न्हङग्याम ज्यबान ताम थोन्मुला ओच्छे नइबा सेम मुबा म्हिला सेम न्हङग्याम नइबान ताम थोन्मुला। थेतबासेलमा म्हिला सेम न्हङरी जे मुला थेनोन थेला सुङग्याम पाङ्ला।