Luke 6:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ एउटा घर बनाउने मानिसजस्‍तै हुन्‍छ, जसले गहिरो गरी खनेर आफ्‍नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्‍यो घर पक्‍का गरी बनाइएको हुनाले बाढीले त्‍यसलाई भत्‍काउन सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
Nepali Tamang 2011
ह्राङला दिम स्‍होबा धुइरी जग नुप्‍ना ख्‍वसी स्‍होजी। ओच्‍छे नाम, भाल खमा थे दिमरी टजी। तसैनोन थे दिम आफुप्‍नी, तिग्‍दा भिसम थे दिमला जग नुप्‍ना ख्‍वसी स्‍होबा मुबा।