Luke 6:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो कुरा सुनेर नमान्‍नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्‍तै हुन्‍छ। बाढी आउँदा त्‍यसको घर ढलेर भताभुङ्गै भयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”
Nepali ERV (पवित्र बाइबल)
तर जो मानिस मेरो वचन सुनछ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोक्काँ लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
Nepali Tamang 2011
तर जुन म्‍हिसे ङाइ पाङ्बा ताम थेःसी थे अन्‍छार गे आल थे म्‍हि चा जग नुप्‍ना आख्‍वना दिम स्‍होबा म्‍हि ह्रङ्‌बा हिन्‍ना। थेतबासेलमा नाम, भाल बाढी खबा धुइरी थे दिमरी टसी थे दिम फुप्‍सी ल्‍हानान नोक्‍सान तजी।”