Luke 7:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू सहरको ढोकामा आइपुग्‍नुहुँदा एउटा मुर्दालाई बोकेर मलामीहरू जाँदै थिए। मरेको मानिसचाहिँ एउटी विधवाको एउटै मात्र छोरो थियो। ती विधवासँग मलामी जाने सहरका थुप्रै मानिसहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो।
Nepali ERV (पवित्र बाइबल)
जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
Nepali Tamang 2011
ओच्‍छे येशू शहररी धोबारीन छ्‌याइमा सिबा म्‍हि भबान मुबा। थे सिबा म्‍हि ह्रेम्‍बो सिबा म्रिङम्‍हेमेला गिक जेन झा मुबा। ओच्‍छे शहरला म्‍हिगदेएनोन थेदेन छ्‌याम मुबा।