Luke 7:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्‍तिस्‍मा दिने यूहन्‍नाले हामीलाई सोध्‍न पठाएका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे येशू मुबा ग्‍लारी निसी, “ङन्‍से फेप्‍खला भिसी आश लसी चिबा थार्बा पिन्‍बा ग्‍ले ह्राङनोन हिन्‍ना कि स्‍य्‍हान्‍दो खालैदा भ्रान्‍तोःबा हिन्‍ना?” भिसी ङ्‌योइबारी बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍नासे ङन्‍दा ह्राङ मुबा ग्‍लारी पुइखबा हिन्‍ना भिसी भिजी।