Luke 7:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ— अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्न सक्छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू बिउँतन्छन् र दु:खी-गरीबहरूले परमेश्वरको सुसमाचार सुन्न पाउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर यूहन्नालाई भनिदेओ, अर्थात् अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गड़ाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्नालाई बताओ: दृष्टिविहीनहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
Nepali ERV (पवित्र बाइबल)
अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
Nepali Tamang 2011
जमाहेन्से यूहन्नाला चेलागदेदा येशूसे चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे जुन जुन ताम म्राङ्बादेन थेःबा मुला, थेनोन ताम यूहन्ना मुबा ग्लारी निसी पाङ्गो। मी आम्राङ्बागदेला मी म्राङ्ना लबा मुला, कुज्यादेन कोरे खबा म्हिगदेदा खम्ना लबा मुला, नाब्यङ आथेःबागदेदा थेःना लबा मुला, सिबागदेदा सोना लबा मुला, ओच्छे प्राङबोगदेदा परमेश्वरला य्हुल्साला समाचार थेःना लबान मुला।