Luke 7:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई उनका बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिंदै गरेको निगालोलाई?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्‍नाको बारेमा भीड़लाई भन्‍न लाग्‍नुभयो: “तिमीहरू उजाड-स्‍थानमा के हेर्न गयौ? के बतासले हल्‍लाइराखेको निगालोलाई?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई?
Nepali ERV (पवित्र बाइबल)
जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?
Nepali Tamang 2011
यूहन्‍नाला चेलागदे दोःसी निमाहेन्‍से येशूसे यूहन्‍नाला बारेरी म्‍हिला हुलदा चुह्रङ् भिसी सुङ्बारी छ्‌याइजी, “एनीगदे तोङतोङबा ग्‍लारी तिग च्‍याबारी निबा मुबा? तिग लाबासे य्‍होङ्बा मा दोङ च्‍याबारी निबा हिन्‍ना?