Luke 7:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाको शिक्षा सुनेर मानिसहरूले ‘परमेश्‍वरको आज्ञा साँच्‍चै ठीक रहेछ’ भनेर उनले दिने बप्‍तिस्‍मा लिए। कर उठाउनेहरू पापी भए पनि तिनीहरूले पनि त्‍यही आज्ञा मानेर बप्‍तिस्‍मा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्‍वरको सत्‍यतालाई स्‍वीकार गरे, किनकि तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
Nepali Tamang 2011
ओच्‍छे तिरो दुइबा म्‍हिगदेदेन स्‍य्‍हान्‍दो म्‍हिगदेसे यूहन्‍नाला ताम थेःसी, “परमेश्‍वरसे कुल्‍बा ताम ठीक हिन्‍ना” भिसी थेग्‍याम बप्‍तिस्‍मा किन्‍बा मुबा।