Luke 7:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू त बजारमा बसेर यसरी कुरा गर्ने बालकहरूजस्ता छन्— हामीले तिमीहरूका लागि बाँसुरी बजाइदिँदा तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा तिमीहरू रोएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त बजारमा बस्ने बालकहरूजस्ता छन्, जसले एक-अर्कालाई यसो भन्दै हपार्दछन्, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीले बिलौना गर्यौं, र तिमीहरू रोएनौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।
Nepali Tamang 2011
बजाररी चिबा कोलागदे ह्रङ्बा मुला। थेनीगदे ह्राङ ह्राङ न्हङरी चुह्रङ् भिसी कल लमुला, ‘ङन्से एनीगदेला लागिरी बाँसुरी ह्राप्सी पिन्जी, तर एनीगदे आस्य्हनी। ओच्छे ङन्से दुखला व्हाइ गोजी, तर एनीगदे आक्रानी?’