Luke 7:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरकी एउटी पापी स्त्रीले येशू फरिसीको घरमा खान आउनुभएको छ भन्ने कुरा सुनिन्। उनी एउटा सिङ्गमरमरको भाँडाभरि अत्तर लिएर त्यही घरमा नै आइपुगिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई।
Nepali ERV (पवित्र बाइबल)
त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।
Nepali Tamang 2011
थे शहररी मुबा पापी म्रिङम्हेमे गिकसे फरिसीला दिमरी येशू सोल छ्योइबारी फेप्खजी भिबा थेःसी सिङ्गमरमरला बोतलरी अत्तर भसी येशू मुबा ग्लारी खजी।