Luke 7:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी पछाडिबाट आएर येशूको पाउनेर उभिंदै रुन लागिन् र आँसुको धाराले येशूको पाउ धोइदिइन्। उहाँको पाउ कपालले पुछ्तै म्वाइँ खाएर अत्तर खन्याइदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी।
Nepali ERV (पवित्र बाइबल)
त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
Nepali Tamang 2011
थे येशूला ग्यापग्याम खसी येशूला ङामरी राप्सी क्राजी, ओच्छे थेला मीख्लीसे येशूला स्य्हाप भम्जी। जमाहेन्से थेसे ह्राङला क्रासे येशूला स्य्हाप फ्यासी च्योक लसी येशूला स्य्हापरी अत्तर फोर्बारी छ्याइजी।