Luke 7:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनले किन यस्तो गरेकी छिन् भने म तिमीलाई भन्छु, यिनका धेरै पापहरू क्षमा भइसकेका छन्। यसैले यिनले मलाई धेरै माया देखाइन्। थोरै पाप क्षमा भएको मानिसले चाहिँ थोरै माया गर्दछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
Nepali Tamang 2011
थेतबासेलमा एसे ङाला ताम ङ्यान्गो, चुसे ल्हानान पाप लसैनोन माफ याङ्सी जिन्बा मुला। तिग्दा भिसम चु म्रिङम्हेमेसे ल्हानान मान लबा मुला। तर जुन म्हिदा जजाकी जे माफ लला, थेसे जजाकी जे मान लला।”