Luke 7:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो बिन्‍ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्‍नुहुँदा कप्‍तानले आफ्‍ना साथीहरूलाई येशूकहाँ यस्‍तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्‍नो घरभित्र लैजाने लायकको म छैनँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू तिनीहरूसाथ जानुभयो। कप्‍तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्‍तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्‍न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
Nepali Tamang 2011
जमाहेन्‍से येशू थेनीगदेदेन छ्‌याम फेप्‍जी। येशू कप्‍तानला दिम ङामरी धोमा, कप्‍तानसे ह्राङला ह्रोगदेदा चुह्रङ् भिउ भिसी येशू मुबा ग्‍लारी पुइजी, “प्रभु ह्राङसे दुख थालउ। तिग्‍दा भिसम ह्राङ ङाला दिमरी फेप्‍खबाधोनाला ङा आरे।