Luke 8:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्वरको राज्यको भित्री भेद जान्न दिइएको छ। तर अरूलाई चाहिँ यी कुराहरू दृष्टान्त दिएर नै भनिन्छ र तिनीहरूले हेर्न त हेर्छन् तर देख्दैनन् र सुन्न त सुन्छन् तर बुझ्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “परमेश्वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणः तिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्। यशैया 69
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ एनीगदेदा म्हिसे था आयाङ्बा परमेश्वरला य्हुल्साला ताम घोखम्बा ज्ञान बुद्धि पिन्बा मुला। तर स्य्हान्दोगदेदा चा उखानग्याम पाङ्बा मुला। थेतबासेलमा ‘थेनीगदेसे च्याबाम च्याला तर आम्राङ्, ङ्यान्बाम ङ्यान्बा मुला तर आघो।’