Luke 8:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गामा परेका बिउले बुझाउँछ कि तिनीहरूले परमेश्‍वरको वचन सुनेर खुसीसाथ लिन्‍छन्, तर त्‍यो वचन राम्ररी मनमा राख्‍न सक्‍दैनन्। त्‍यसो हुँदा तिनीहरूको विश्‍वास छिनभरिको लागि मात्र हुन्‍छ अनि अप्‍ठ्यारो र दु:खको समयमा विश्‍वास हराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्‍वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन युङबाला घह्रङरी परब तबा ब्‍लुला अर्थ चा थेनीगदेसे परमेश्‍वरला बचन ज्‍यबा म्‍हन्‍सी विश्‍वास मी लला। तर थेनीगदेला विश्‍वासला टा आरेबासे लमा तिगै धिन लिच्‍छा थेनीगदेदा तबा दुखसे लमा थेनीगदेसे विश्‍वास लबा ख्‍लाला।