Luke 8:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँडा घारीहरूमा परेको बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन त सुन्छन्, तर संसारको चिन्ता, धन-सम्पत्ति र सुख-विलासले गर्दा विश्वासलाई बढ्न र हुर्किन नै दिँदैनन् र तिनीहरूबाट केही फल फल्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।
Nepali Tamang 2011
ओच्छे पुजु झाङ न्हङरी परब तबा ब्लुला अर्थ चा थेनीगदेसे जम्बुलिङरी म्राङ्बा धन सम्पत्तिदेन मोजमजा, ओच्छे थेनीगदेदा तबा धन्दा सुर्दासे लमा विश्वासरी कोङ्सी चिआखम्बासे लमा थेनीगदेला विश्वासग्याम तिगै आरो।